- देउवाको स्वदेश फिर्तीपछि अब देउवा पक्षले आफ्नो संगठन र राजनीतिक प्रभाव पुनःसंगठित गर्ने सम्भावना बढेको छ । देउवा पक्षले राष्ट्रिय भेला पनि बोलाएको छ । उक्त भेलाबाट गगन नेतृत्वप्रति कस्तो रणनीति तय हुन्छ भन्ने विषय महत्वपूर्ण हुनेछ ।
काठमाडौँ: शेरबहादुर देउवा स्वदेश फर्किएपछि नेपाली कांग्रेसभित्रको शक्ति संघर्ष फेरि चर्किएको छ । अहिले कांग्रेसको नेतृत्व गगनकुमार थापाको हातमा छ । त्यसैले देउवाको फिर्तीलाई पुरानो नेतृत्वको सामान्य सक्रियताभन्दा नयाँ नेतृत्वसँगको निर्णायक शक्ति संघर्षको सुरुआतका रूपमा हेर्न थालिएको छ ।
गगन थापा विशेष महाधिवेशनबाट सभापति बनेपछि कांग्रेसले नेतृत्व परिवर्तनको नयाँ चरण सुरु गरेको छ । तर देउवा पक्षले यो नेतृत्वलाई सहज रूपमा स्वीकार गरिसकेको छैन । विशेष महाधिवेशनबाट भएको नेतृत्व परिवर्तनसम्बन्धी विवाद सर्वोच्च अदालतसम्म पुगेको छ । अदालतले मुद्दा पुनरवलोकन गर्न अनुमति दिएपछि देउवा पक्षलाई केही राजनीतिक राहत मिलेको छ ।
स्वदेश फर्किएपछि देउवाले सन्देस जारी गर्दै आफु एकताको लागि फर्किएको भन्दै पार्टीमा तत्काल एकता हुनुपर्नेमा जोड दिएका छन् । देउवाले युवा पुस्ताले उठाएको परिवर्तनको मागलाई कांग्रेसले आत्मसात् गर्नुपर्ने बताउदै भदौको युवा आन्दोलनका जायज माग सम्बोधन गर्नुपर्ने धारणा आफूले त्यतिबेलै राखेको र परिवर्तन आवश्यक भए पनि विगतका पुस्ताको त्याग, संघर्ष र योगदानलाई नकारात्मक रूपमा प्रस्तुत गर्न नहुने बताए ।
देउवाको स्वदेश फिर्तीपछि अब देउवा पक्षले आफ्नो संगठन र राजनीतिक प्रभाव पुनःसंगठित गर्ने सम्भावना बढेको छ । देउवा पक्षले राष्ट्रिय भेला पनि बोलाएको छ । उक्त भेलाबाट गगन नेतृत्वप्रति कस्तो रणनीति तय हुन्छ भन्ने विषय महत्वपूर्ण हुनेछ ।
अर्कोतर्फ गगनका लागि चुनौती पनि कम छैन । सभापतिको जिम्मेवारी पाएपछि उनले पार्टीलाई नयाँ पुस्ताको नेतृत्वमा अघि बढाउने प्रयास गरिरहेका छन् । तर कांग्रेसको संगठनमा देउवा निकट नेताहरूको प्रभाव अझै बलियो छ । त्यसैले गगनले आफ्नो नेतृत्व स्थापित गर्नुका साथै पुरानो समूहलाई व्यवस्थापन गरेर पार्टी विभाजन हुन नदिने दोहोरो चुनौती सामना गर्नुपर्नेछ ।
अहिले कांग्रेसको विवाद केवल दुई नेताबीचको प्रतिस्पर्धा होइन । पार्टीको वैधानिक नेतृत्व, विशेष महाधिवेशनको निर्णय र संगठनमाथिको नियन्त्रण कसको हुने भन्ने मूल प्रश्न बनेको छ । यसको एउटा पक्ष अदालतको निर्णयसँग जोडिएको छ भने अर्को पक्ष पार्टीभित्रको शक्ति समीकरणसँग।
देउवाको फिर्तीपछि अब उनका अभिव्यक्ति, राष्ट्रिय भेलाको निर्णय र गगन पक्षको प्रतिक्रियाले कांग्रेसको आगामी दिशा तय गर्नेछ । सहमतिको बाटो रोजिए विवाद केही मत्थर हुन सक्छ । तर दुवै पक्ष शक्ति प्रदर्शनमा गए भने पार्टीभित्रको विभाजनको जोखिम अझ बढ्नेछ ।
त्यसैले देउवाको स्वदेश फिर्तीलाई गगन नेतृत्वको अन्त्यभन्दा पनि गगन नेतृत्वको पहिलो ठूलो परीक्षाका रूपमा हेर्नुपर्ने देखिन्छ । अब कांग्रेसमा मुख्य प्रश्न देउवा फर्किए कि फर्किएनन् भन्ने होइन, गगन नेतृत्वले देउवा पक्षको दबाब कसरी व्यवस्थापन गर्छ र पार्टीलाई एकताबद्ध राख्न सक्छ कि सक्दैन भन्ने रहेको देखिन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।